एमाले क्षेत्र नम्बर ३ को भेला सफल पार्न समिति गठन

 भदौ १७, २०७८

तुलसीपुर । नेकपा एमाले दाङ ३ नम्बर निर्वाचन क्षेत्रको वैठक आज तुलसीपुरमा सम्पन्न भएको छ । पर्सि १९ गते शनिवार तुलसीपुरमा हुने विशेष प्रशिक्षण तथा भेलाको तयारीका लागि बैठक बसेको हो । बैठकले दोघरे सभाहलमा एमालेका स्थायी कमिटि सदस्य तथा लुम्बिनि प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यमा हुने भेलामा उपस्थितिका लागि सबै पार्टि सदस्यहरुलाई अपिल गरेको छ ।

क्षेत्रीय संयोजक भिम योगीको अध्यक्षता एवं प्रदेश कमिटिका सदस्य रामजि चौधरी मिलनको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो । बैठकले कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न समितिहरु समेत गठन गरेको छ ।

जस अन्तर्गत संगीत बस्यालको संयोजकत्वमा प्रचार प्रसार समिति,स्याम डागीको संयोजकत्वमा मञ्च ब्यबस्थापन समिति , टेक बहादुर वलीको संयोजकत्वमा बंबई विशेष समिति,विष्णु केसीको संयोजकत्वमा शान्तिनगर विशेष समिति ,एमएन शाहको संयोजकत्वमा दंगीशरण विशेष समिति, तुलसा केसीको संयोजकत्वमा महिला परिचालन समिति, गोपाल रेग्मीको संयोजकत्वमा अनेरास्ववियु परिचालन समिति , लिला वली र देवु बस्नेतको संयोजकत्वमा युवा परिचालन समिति , मान बहादुर रावतको संयोजकत्वमा आर्थिक समिति र मनोहर बुढाथोकीको संयोजकत्वमा अतिथि परिचालन समिति गठन गरिएको छ ।

बैठकमा जिल्ला सचिव मनोहर बुढाथोकि, नेताहरु श्याम डाँगी ,रेखा शर्मा, मान बहादुर रावत, विण्णु केसी, केशब सापकोटा,धन बहादुर केसी , भरत अधिकारी , माधव वली लगायतले बोलेका थिए । बैठकको सञ्चालन सचिव टेक बहादुर वलीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया