सल्यानमा बस दुर्घटनामा परेका घाईतेहरुको विस्तृत विवरण
तुलसिपुर । दाङ देखी रुकुम पश्चिमका लागी छुटेको यात्रुबाहक बस कपुरकोट नजिकै मुलपानीमा दुर्घटनामा परेका घाईतेहरुको पहिचान भएको छ । सल्यान छत्रेश्वरी गा .पा .३ सल्यान दारिमज्युला बस्ने वर्ष ४० को ठाकुरसिंह बि.क.ले चलाएको राप्ती यातायात समितीको रा.१ ख.१७९२ नं.को बस अनियन्त्रित भई सडकको माथिल्लो भागको भित्तामा पल्टिन जाँदा शुक्रवार दिउँसो पौने दुई बजे कपुरकोट ३ मुलपानी नजिकै जमपानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटना परि घाईते हरु को अबस्था सामान्य छ । उक्त बसमा सवार २८ जना मध्ये १५ मानिसहरु घाईते भएको र घाइते लाई उपचारको लागि दाङ तुल्सिपुर तर्फ पठाएको छ । चालक फरार भएकाले खोजि कार्य भईरहेको छ ।
घाईतेहरुको विवरणसहित
) जिल्ला सल्यान कपुरकोट गा.पा.५ बस्ने वर्ष २३ की रेखा साहु (घाटीमा चोट अवस्था मध्यम) ।
२) ऐ.ऐ.बस्ने वर्ष ३१ की सिता बुढाथोकी (शरिरमा चोट अवस्था सामान्य) ।
३) ऐ. दार्मा गा.पा.६ बस्ने वर्ष २० को प्रबेश बस्नेत (दाहिने हातमा चोट अवस्था सामान्य) ।
४) ऐ.शारदा न.पा.१५ बस्ने वर्ष ४९ को तारा प्रसाद नाथ (शरिरमा चोट अवस्था सामान्य) ।
५)ऐ. शारदा न.पा.१ बस्ने वर्ष ४० को कृष्णा गौतम (बाँया कुममा चोट अवस्था सामान्य) ।
६) ऐ.कुमाख गा.पा.बस्ने वर्ष ७३ को हिरे राना (टाउको र हातमा चोट अवस्था मध्यम ) ।
७) ऐ.कपुरकोट गा.पा.५ रिम बस्ने वर्ष ४५ को धन कुमारी रोका (वाँया खुट्टामा चोट अबस्था सामान्य) ।
८) ऐ.ऐ.बस्ने वर्ष २१ की याम कुमारी बोहरा (टाउको र खुट्टामा चोट अबस्था सामान्य) ।
९) ऐ. कपुरकोट गा.पा.५ बस्ने वर्ष तिला महतरा (खुट्टा र आँखामा चोट अवस्था सामान्य) ।
१०) ऐ. बागचौर न.पा.२ बस्ने वर्ष ४५ को लाल बहादुर डाँगी (कुममा चोट अवस्था सामान्य) ।
११) जिल्ला दाङ दङगिसरण गा.पा.५ बस्ने २५ की निर्मला शर्मा (शरिरमा चोट अवस्था सामान्य)।
१२) ऐ.तुल्सिपुर उ.म.न.पा.३ बस्ने वर्ष २८ को बिनोद बुढाथोकी (मुखमा चोट अवस्था सामान्य) ।
१३) जिल्ला प.रुकुम मसिकोट न.पा.४ बस्ने वर्ष ७५ को मोहन सिंह पुन (टाउकोमा चोट अबस्था मध्यम ) ।
१४) जिल्ला प.रुकुम त्रिबेणी गा.पा.२ बस्ने वर्ष २१ जोक बहादुर खड्का (बाँया हातमा चोट अवस्था सामान्य) ।
१५) ऐ.बस्ने वर्ष २२ को किरण ओली बाँया हातमा चोट अवस्था सामान्य )
तपाईंको प्रतिक्रिया