गंगादेव ६ मा वाइसीएलकाे कमिटी विस्तार

 भदौ १८, २०७८


तुलसीपुर । रोल्पा गंगादेव गाउपालिका वडा नम्बर ६ मा वाइसीएल भेला सम्पन्न भएको छ । उक्त भेलाले इन्चार्ज नैनसिंह वली,सह -इन्चार्ज हुकुम वली र नन्द बहादुर वलीको अध्यक्षतामा ३४ सदस्यीय ६ नम्बर वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षहरुमा गिता वली,भिम बहादुर खड्का ,मानसिङ वली, उमेश राणा ,सचिव गोपाल खड्का ,सह- सचिवहरु तुल बहादुर वली,राम कुमार वली र कोषाध्यक्षमा कल्पना खड्कालाई चयन गरिएको छ ।

नन्द बहादुर वलीको अध्यक्षतामा तथा नेकपा ( माओवादी केन्द्र ) लुम्बिनी प्रदेश कमिटी सदस्य एव गंगादेव गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यतामा भेला भएको थियोे । त्यस अवसरमा नेकपा ( माओवादी केन्द्र ) जिल्ला सदस्य कुशल सिंह बिक,वाइसीएल रोल्पा सदस्य एवम् गंगादेव सयोजक भरत केसि,वाइसीएल रोल्पा सदस्य एवम माओवादी केन्द्र गाउँ कमिटी सदस्य युवराज डागी, माओवादी केन्द्र गाउँ कमिटी सदस्यहरु कमान सिंह खत्री ,गन बहादुर वली,शेर बहादुर वली,खकेन्द्र केसि,एकीकृत शिक्षक संगठन गंगादेव गाउँ कमिटी सल्लाहकार सयोजक नवराज खड्का ,एकीकृत शिक्षक संगठन गंगादेव निवर्तमान अध्यक्ष रमेश कुमार बिक , लगायतकाे उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिक्रिया