अफगानिस्तानबाट ८ सय ६० नेपाली स्वदेश फर्किए

तुलसीपुर । अफगानिस्तानबाट अहिलेसम्म ८ सय ६० जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार हिजो कतार एयरको नियमित उडानबाट एक जना स्वदेश फर्किएसँगै अहिलेसम्म ८ सय ६० नेपालीको उद्दार भएको हो । त्यहाँबाट आएकाहरुलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार कोभिड–१९ परीक्षण लगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै काबुलमा उद्दारको पर्खाइमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ
तपाईंको प्रतिक्रिया