एमसीसीका ‘विवादित’ विषयमा स्पष्ट गर्न भन्दै सरकारले लेख्यो अमेरिकालाई पत्र

 भदौ १९, २०७८

काठमाडौं । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी को सम्झौताका विवादित विषय बारे स्पष्ट गर्न अमेरिकी सरकारलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले पत्र लेख्दै अमेरिकी सरकारलाई सम्झौतामा उल्लेख रहेका केही अस्पष्ट बुँदाहरुलाई थप स्पष्ट गर्न आग्रह गरेको हो । सरकारले पत्रमा एमसीसी अमेरिकाको इन्डो प्यासेफिक रणनीति को अंग भए नभएको र एमसीसी अमेरिकी सुरक्षा नीतिसँग जोडिएकोरनजोडिएकोबारे स्पष्ट गर्न आग्रह गरेको अर्थमन्त्रालयका एक अधिकारीले बताए । धेरै दिनको छलफल र तयारीपछि पत्र लेखेका हौं ती अधिकारीले भने एमसीसीको सम्झौता नेपालको कानुनको अधिनमा रहनेरनहरने र संसदबाटै पास गर्नुपर्ने अनिवार्यताको आवश्यक्ताबारे पनि स्पष्ट हुन चाहेको हौं ।

उनका अनुसार लेखा परीक्षणका व्यवस्थादेखि जे जति बुँदाहरुमाथि प्रश्न उठेका छन्, ती सबै विषयमा स्पष्ट गर्न आग्रह गरिएको छ । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था नेपाल आउनुभन्दा ठीक अघि सरकारले यस्तो पत्र लेखेको हो । सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम छ ।

तपाईंको प्रतिक्रिया