नेकपा (एस) लुम्बिनीको ईन्चार्ज बने दाङका विश्वासी

 भदौ २१, २०७८

तुलसीपुर । नेकपा एकीकृत समाजवादीले संगठन विस्तारको काम सुरु गरेको छ । जसअनुसार आईतवार पार्टीले ५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ भने सातै प्रदेशका इन्चार्ज समेत तोकेको छ । जसअनूसार प्रदेश १ को इन्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश २ को इन्चार्जमा धर्मनाथ शाह, बाग्मती प्रदेशको इन्चार्ज केदार न्यौपाने र गण्डकी प्रदेशको इन्चार्ज केशवलाल श्रेष्ठ चयन हुनुभएको छ ।

लुम्बिनी प्रदेशको इन्चार्जमा दाङका भागवत विश्वासी, कर्णालीमा प्रकाश ज्वाला, उपत्यकामा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशको इन्चार्जमा विजय गुरुङ, मोर्चा इन्चार्ज विजय पौडेल, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा तोकिएका छन् ।

तपाईंको प्रतिक्रिया