लागू औषध मुद्धाका फरार अभियुक्तलाई पक्राउ

दाङ । दाङमा लागू औषध मुद्धाका फरार अभियुक्तलाई शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं ८ दुधेनाका ४२ बर्षीय छवि कुमार केसी रहेका प्रहरीले जनाएको छ । फरार रहेका केसीलाई तुलसीपुर ८ मा लुकिछिपी बसेको अवस्थामा शनिबार दिउँसो ४ बजेको समयमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो।
केसीलाई सर्वोच्च अदालतले २०७४ मंसिर १९ गते लागू औषध मुद्धामा ३ बर्ष ९ महिना ३ दिन कैद सजाय तोकेको थियो । पक्राउ परेका केसीलाई सोमबार दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको प्रहरीले बताएको छ ।
तपाईंको प्रतिक्रिया