संखुवासभा सामूहिक हत्याको – शव भोलिमात्र उठाइने

काठमाडौं । सोमबार बिहान मृत भेटिएका सखुंवासभाको मादी नगरपालिकाका एकै परिवारका ६ जनाको शव मंगलबार मात्रै उठाइने भएको छ । सामूहिक हत्याको घटना अनुसन्धानका लागि विराटनगर र धरानबाट खटिएको प्रहरी टोली पुग्न समय लागेपछि मंगलबार मात्रै शव उठाइने प्रहरी अधिकारीहरुले बताएका छन् ।
हत्या प्रकरणको अनुसन्धानका लागि संघिय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा टोली खटिएको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि लगिएको छ । घटनास्थल विकट ठाउँमा भएकाले मंगलबार मात्रै शव उठाउन सकिने प्रदेश १ का प्रहरी प्रमुख डीआइजी अरुण बिसीले बताए । ‘ घटनास्थल सुरक्षाका लागि सानो संख्यामा प्रहरी टोली भने पुगिसकेको छ । कुकुरसहितको टोली पुगेपछि मात्रै विस्तृत अनुसन्धान सुरु हुनेछ । सोमबार बिहान मादी नगरपालिका १ उमलिङको खोला गाउँमा र बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । ९३ वर्षीय वृद्ध बौद्धमान भने सकुशन छन् ।
तपाईंको प्रतिक्रिया