कांग्रेस महाधिबेशन: दाङका ३८ वडामा मतगणना जारी

तुलसीपुर । दाङमा नेपाली कांग्रेसको ६० वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । सोमवार भएको वडा अधिबेशनमा ६० वडामा सर्वसम्मत निर्वाचत भएको जिल्ला निर्वाचन समितिले जनाएको छ । सहमती हुन नसकेका ४० वटा वडा मध्ये ३८ वटा वडामा मतदान सम्पन्न भई मतगणना जारी रहेको जिल्ला निर्वाचन समितिका सदस्य युवराज बस्नेतले जानकारी दिनुभयो ।
जिल्लाका दश पालिकाको एक सय वडा मध्ये तुलसीपुर ५ र १६ नम्वर वडामा सहमतीको प्रयास गर्ने भन्दै हिजोको निर्वाचन स्थगित गरिएको थियो । ती वडामा आज (मंगलवार) सहमती नभए मतदान हुने उहाले जानकारी दिनुभयो । मतदान भएका ३८ वटा वडा मध्ये ३० वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने बाँकी ८ वटाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको उहाले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत तल्लो तहको वडा अधिबेशन हिजो(सोमवार) भएको हो । निर्वाचन तालिका अनुसार सहमती हुन नसकेका वडाहरुमा हिजो विहान ९ बजेदेखी मतदान बेलुकी छ बजेसम्म मतदान भएको थियो ।
तपाईंको प्रतिक्रिया