आज कुशे औँसी र बुबाको मुख हेर्ने दिन

काठमाडौ । आज भाद्रकृष्ण औँसी, वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । विधिअनुसार ब्राह्मणले पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजउखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्दछन् । आजको दिनलाई कुशे औंसी भनिन्छ । आज छोराछोरीले आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई बुबाको मुख हेर्ने चलन रहेको छ ।
तपाईंको प्रतिक्रिया