वडा नम्बर ११ काे सभापतिमा वली निर्वाचित

तुलसीपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा अन्तिम मतपरिणाम अाएकाे छ । जस अनुसार सभापतिमा हेम बहादुर वलि २२४ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ । उहाका प्रतिस्पर्धि तिर्थ बहादुर बस्नेतले १६८ मत प्राप्त गर्नुभएको थियाे ।
त्यसैगरी उपसभापतिमा कैलाश चन्दले सबैभन्दा धरै २४५ मत प्राप्त गरि निर्वाचित भएको निर्वाचन अधिकृत प्रमाेद न्याैपानेले जानकारी दिनुभएको छ । यस्तै उपसभापतिमा रेशम बहादुर खत्रीले २२५ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ । प्रतिष्पर्धि वालाराम वलिले १३७ र टङ्क केसीले १२७ मत प्राप्त गर्नुभएको हाे । यस्तै सचिवमा बालकृष्ण लामिछाने (२२६), वीर बहादुर बस्नेत (२२३), सह सचिवमा उत्तर कुमार न्याैपाने ( २३६) र देवराज लामिछाने (२३४) मतका साथ निर्वाचित हुनुभएको छ ।
त्यसैगरि सदस्यहरु २५ जना निर्वाचित भएका छन । निर्वाचनमा जम्मा ४५६ मत खसेको थियोे । वडाबाट प्रतिनिधित्व गर्ने तुलसीपुरकै प्रतिष्ठित उद्योगपति डिल्लीबहादुर बस्नेत र संविधान सभाका सदस्य बुद्धिराम भण्डारीको अलग/अलग गुट खडा भएको थियाे । वडामा कार्यसमिति तर्फ भण्डारीको समुहकाे प्यानल निर्वाचित भएको हाे ।
तपाईंको प्रतिक्रिया