११ सय कोरोना सङ्क्रमित थपिए, २१ जनाको मृत्यु

तुलसीपुर । नेपालमा थप ११ सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशभर १० हजार ९ सय १६ जनाको परीक्षण गर्दा १ हजार १ सय ४६ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अवधिमा २४ घण्टामा १ हजार ६ सय ६० जना सङ्क्रमणमुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ । देशभर २७ हजार ९५८ जना सक्रिय सङ्क्रमित छन् ।
जसमध्ये ४५८ जनाको सघन उपचार कक्ष आइसीयूमा र १४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । २६ हजार २९६ जना सङ्क्रमित होम आइसोलेशनमा र १ हजार ६६२ जना संस्थागत आइसोलेशनमा रहेका मन्त्रालयले जनाएको छ ।
तपाईंको प्रतिक्रिया