दाङ कोरोना अपडेट: सात संक्रमित थपिए, दुई जनाको मृत्यु

 भदौ २६, २०७८

तुलसीपुर । दाङमा वितेको २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका अनुसार राप्ती स्वास्थ्य विज्ञान पतिष्ठान घोराहीमा ३० जनामा कोरोना परिक्षण गर्दा घोराहीका ४ र तुलसीपुरका ३ गरी सात जनामा संक्रमण पुष्टि भएको हो । यस्तै वितेको २४ घण्टामा १३ जना कोरोनाबाट मुक्त भएका छन् ।

यो संगै जिल्ला अहिले सक्रिय संक्रमितको संख्या ५२ पुगेको छ । केन्द्रका अनुसार संक्रमणबाट मुक्त हुनेमा घोराहीका ७ जना, तुलसीपुर र बबईका २,२ जना, लमही र गढवाका १,१ जना रहेका छन् । यो संगै बैशाख यता संक्रमणबाट मुक्त हुनेको संख्या ८७०७ पुगेको छ भने संक्रमितको संख्या ८९७३ पुगेको केन्द्रले जनाएको छ ।

यस्तै वितेको २४ घण्टामा थप दुई जना संक्रमितको निधन भएको छ । तुलसीपुर ६ का एक जना र लमही ५ का एक जनाको निधन भएको केन्द्रले जनाएको छ ।

तपाईंको प्रतिक्रिया