दाङमा १० संक्रमित थपिए
तुलसीपुर । आज दाङमा थप १० जनामा संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ३० जनाको पिसिआर र विभिन्न स्थानिय तहमा ३ जनाको एन्टीजेन परिक्षण गर्दा ४ महिला र ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज कोरोना पुष्टि हुनेमा तुलसीपुरका ५ जना, घोराहीका ३, र राप्तीका २ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै आज कोरोनामुक्त हुनेमा घोराहीका ५ जना, तुलसीपुर र लमही र बबईका १र१ जना रहेको केन्द्रले जनाएको छ ।
आज थप ८ जना निको भएसँगै दाङमा सकृय बिरामीको संख्या ७१ रहेको छ । ति मध्य घरमा ५६ जना, १० जना आईसियूमा र ५ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।
तपाईंको प्रतिक्रिया