थप ८ जनाको कोरोनाका कारण मृत्यु

तुलसीपुर । नेपालमा थप ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सङ्क्रमितमध्ये थप ८ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर थप १ हजार ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर १३ हजार ८ सय १७ नमूना परीक्षण गर्दा १ हजार ९५ जनामा सङ्क्रमण पुष्टि भएको हो। यस्तै देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप २ हजार ९ सय ५७ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ५२ हजार १ सय ७० पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार ३ सय २३ रहेको छ।
तपाईंको प्रतिक्रिया