भेला सफल बनाउन सहयोग गर्नेलाई एमाले क्षेत्र नम्बर ३ ले दियो धन्यवाद

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० निर्वाचन क्षेत्र नं ३ को बैठक सम्पन्न भएको छ । बैठकले क्षेत्र नम्बर ३ स्तरीय एमाले क्षेत्र नम्बर ३ ले दियो कार्यकर्ता भेला सफल पार्नेलाई धन्यवाद तथा प्रशिक्षण कार्यक्रमको समिक्षा समेत गरेको छ । क्षेत्रीय अध्यक्ष भिम योगीको अध्यक्षता तथा इन्चार्ज मान बहादुर रावतको प्रमुख आतिथ्यमा बैठक बसेको थियो ।
बैठकले नेकपा एमालेका स्थायी कमिटि सदस्य शकर पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रम लाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ । साथै कार्यक्रम भव्य रुपमा सफल भएको निष्कर्शसमेत निकालेको छ । बैठकमा नगर कमिटी अध्यक्ष केशब सापकोटा, सचीव माधब ओलि लगायतको उपस्थिती रहेको थियो ।
बैठकमा बोल्ने बत्ताहरुले एमालेलाई थप एकताबद्ध बनाउन जिम्मेवार ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिएका थिए । बैठकका सहजिकरण सचीव टेक बहादुर केसीले गर्नु भएको थियो ।
तपाईंको प्रतिक्रिया