नेकपा एसको केन्द्रीय कमिटीमा राजनितिक प्रतिवेदन पेश

तुलसीपुर । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश भएको छ । बुद्धनगरस्थित एउटा होटमा बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिवेदनमाथि समूहगत छलफल हुने र त्यसको निष्कर्ष भोलिको बैठकमा पेश हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ३ महिने संगठन सुदृढीकरण तथा पार्टी पुनर्जागरण अभियान चलाउने पार्टीको तयारी छ ।
तपाईंको प्रतिक्रिया