रोल्पामा ढुंगाले लागेर आमाछोरीको मृत्यु

तुलसीपुर । रोल्पा नगरपालिका हाङ्वाङ भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका-९ बस्ने २५ वर्षीया संगिता पुन र उनकी छोरी २ वर्षिया छोरी कृतिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रहरीका अनुसार बारीबाट घरतर्फ जाने क्रममा भीरबाट ढुंगा खसेर लागेको थियो । खसेको ढुंगाले लागेर आमा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिक्रिया