दंगीशरणमा घरपालुवा जनावरलाई रेविज विरुद्धको खोप

 असोज ०७, २०७८


दीप्तीशिखा चौधरी,दंगीशरण । दंगीशरण गाउँपालिकामा आज रेविज विरुद्धको खोप लगाईएको छ । नेपाल स्काउट दंगीशरणको आयोजना तथापशु सेवा शाखाको ब्यवस्थापनमा छाडा र घर पालुवा कुकुरलाई रेविज विरुद्धको खोप दिइएको हो । छाडा कुकुरमा रेविज रोगको संक्रमण देखा पर्न थालेपछि खोप लगाउँने अभियान संचालन गरिएको नेपाल स्काउट दंगीशरणका संयोजक दुर्गा वलीले बताए ।

दंगीशरण गाउँपालिकाको १,२, ५, ६ र ७ वडामा पुगेर पशु सेवा शाखाका प्रमुख हितराम चौधरी, दामोदर आचार्य, नेपाल स्काउट दंगीशरणका सदस्यहरु टोल टोलमा पुगेर भ्याक्सीन लगाउने कार्य गरेका हुन । बाकिँ ३ र ४ न. वडामा लगाउँन छुटेकाले पशु सेवा शाखामा सम्पर्क गरी रेविज भ्याक्सिन लगाउँन आग्रह गरेको छ ।

आज घर पालुवा र छाडा गरी ७० वटा कुकुर, ३ वटा बिरालो र १ एउटा घरपालुवा बादरलाई रेविज भ्याक्सीन लगाईएको हो ।

तपाईंको प्रतिक्रिया