कांग्रेस महाधिवेशन: दाङका चार गाउँपालिकामा सर्वसम्मत

 असोज ०८, २०७८

तुलसीपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत दाङका दश पालिका मध्य चार गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । पश्चिम दाङको शान्तिनगर गाउँपालिकाको सभापतिमा झलक केसी सर्वसम्मत चयन भएका छन । केसी काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीका प्यालनबाट गाउँपालिकामा उम्मेदवारी दिएका थिए । त्यहा सचिव बाहेक सबै पदमा निर्विरोध रुपमा निर्वाचित भएका हुन । सचिवमा ३ जनाकाे उम्मेदवारी परेकाे छ । सर्वसम्मत बनाउने प्रयास भने जारी रहेको छ ।

त्यस्तै बंगलाचुली गाउँपालिका , गढवा र राप्ती गाउपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । गढवामा केहि पदमा निर्वाचन भएपनि अरुमा भने सर्बसम्मत भएको सहायक निर्वाचन अधिकृत कुमार राज श्रेष्ठले जानकारी दिएका छन ।

यता तुलसीपुर उपमहानगरपालिकामा सभापतिमा सुरेश हमाल र अर्को प्यालनबाट अनिल कार्कीको टिमले शुक्रबार मनोनयन दर्ता गराएको छ । त्यस्तै घोराही उपमहानगरपालिकामा सभापति पदका लागि एउटा टिमबाट तिलक रावत र अर्कौ टिमबाट निरज गिरीको टिमले मनोनयन दर्ता गराएको छ । त्यस्तै लमही नगरपालिकामा सभापति पदमा एउटा टिमबाट शिबप्रसाद चौधरी र अर्को टिमबाट सन्तोष बुढाथोकीको समुहले मनोनयन दर्ता गरेका छन् । सहमति नभएकाे पालिकामा भने भाेलि विहान साढे ९ बजे देखि मतदान हुने छ ।

तपाईंको प्रतिक्रिया