दंगीशरणमा युवा संघको भेला,गलत कार्यको खवरदारी गर्न आग्रह

तुलसीपुर । राष्ट्रिय युवा संघ नेपाल दंगीशरण गाउँपालिका कमिटीको भेला आज त्यहा सम्पन्न भएको छ । युवा संघ कमिटीको अध्यक्ष दुर्गा वलिको अध्यक्षता एंव नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष हुकुम बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
भेलामा बोल्ने बत्ताहरुले एमालेलाइ एकताबद्ध बनाएर बलियोसंगठनको रुपमा स्थापित गर्न युवाको भुमिका महत्वपुर्ण हुने बताएका थिए । उनिहरुले युवाहरुबाट नै समाज समृद्धिको दिशामा अघि बढ्ने हुदा गलत कार्यको खवरदारी गर्न आग्रह गरेकाथिए ।
भेलामा नेकपा एमाले जिल्ला कमिटी सचिव मनोहर बुढाथोकी, राष्ट्रिय युवा संघ केन्द्रीय स्थायी कमिटी सदस्य माधव वलि, लुम्बिनी प्रदेश सभा सदस्य तथा नेतृ धमकली चौधरी, एमाले जिल्ला कमिटी सदस्य एम।एन शाह,पेशागत महासंघ दाङका अध्यक्ष अरुण कुमार शर्मा, राष्ट्रिय युवा संघ जिल्ला कमिटी अध्यक्ष देबु बस्नेत, युवा संघको क्षेत्रीय कमिटी अध्यक्ष लिला वलि , १ नम्बर वडाध्यक्ष श्रीप्रसाद चौधरी, गाउँपालिका पार्टी अध्यक्ष भरत अधिकारी , अनेरास्ववियु जिल्ला कमिटी सदस्य सि।एम विश्वकर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण राजकुमार थापाले गर्नुभएको थियोे ।
यसैविच भेलाले दुर्गाबहादुर वलीको अध्यक्षतामा युवा संघको ५७ सदस्यीय कमिटि गठन गरेको छ । जस्को उपाध्यक्षमा निर्मल बस्नेत,सचिवमा जेनिस कवर, सह सचिवमा आरति चौधरी , कोषाध्यक्षमा भुवन कुसारीलाई चयन गरिएको छ ।
तपाईंको प्रतिक्रिया