कांग्रेस बाँफिकोटको सभापतिमा जेके निर्वाचित

 असोज ०९, २०७८

तुलसीपुर । नेपाली कांग्रेस रूकुम पश्चिम बाँफिकोट गाउँपालिकाको सभापतिमा जनककुमार बाँठा (जेके) निर्वाचित हुनुभएको छ । आज भएको गाउँपालिका अधिवेशनबाट बाँठा सर्वसम्मत सभापतिमा निर्वाचित हुनुभएको हो ।

उपसभापतिमा धिरेन्द्रकुमार शाही र नन्दराम केसी, सचिवमा देवबहादुर कुसारी र पृथीबहादुर गिरी, सह(सचिवमा पूर्ण चन्द र हरिबोल खत्री तथा कोषाध्यक्षमा कर्णसिंह शाही निर्वाचित हुनुभएको छ । गाउँपालिका समिति ५५ सदस्यीय रहेको छ ।

तपाईंको प्रतिक्रिया