श्रोत नखुलेको रकमसहित दुईजना पक्राउ

रौतहट। श्रोत नखुलेको रकमसहित रौतहट बाट दुईजना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईशनाथ नगरपालिका ३ औरैया बस्ने २९ वर्षीय निरज कुमारसाह र उनकै बुवा ७० वर्षीय रामचन्द्र राउत रहेको प्रहरीले जनाएको छ । उनिहरु लाई नगद ४ लाख ५१ हजार रुपैयाँ र भारतीय १ हजार ८ सय ८६ रुपैयाँसहित पक्राउ परीएको हो ।
ईशनाथ नगरपालिका २ औरैया स्थित मिठुअवा टोलबाट भारततर्फ जाँदै गरेको बिआर ३० वाई ७२२२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त श्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिक्रिया