मेसु दुव्र्यवहार प्रकरण: तीन जना धरौटीमा छुटे, एक जना कारागार चलान

 असोज १०, २०७८


तुलसीपुर । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुखलाई दु्रब्यवहार गरेको आरोपमा पक्राउ परेका सर्जन परियार , दिवश क्षेत्री र गणेश खड्का धरौटीमा छुटेका छन । दाङ देउखुरी जिल्ला अदालतले आज जनही ५० हजार धरौटीमा उनिहरुलाई छोड्न आदेश दिएको हो । डिल्ली डाँगी लाई भने र्पुपक्षको लागी थुनामा राख्न आदेश दिएको छ । उनिहरुलाई गत भदौ ११ गते प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर विनोद सिंहमाथी कार्यकक्षमै कालोमोसो दलेको आरोप छ ।

पक्राउ परेका परियार र क्षेत्रिले प्रहरी हिरासतमै भोक हड्ताल थालेका थिए । अनेरास्ववियुका संयोजक समेत रहेका परियारले पक्राउ पर्नु अघि श्वास्थ्य क्षेत्रमा भएको विकृती रोक्न र सर्वसाधरण नागरीकको उपचार सर्वसुलभ तरीकाले हुनुपर्ने माग राख्दै प्रहरी हिरासतमा भोक हड्ताल थाल्ने बताएका थिए ।

तपाईंको प्रतिक्रिया