रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक युवक घाइते

 असोज १३, २०७८

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ स्यालाखदिमा बुधबार दिउँसो ४ बजे खुकुरी प्रहारबाट एक युवा घाइते भएका छन । घाइते हुनेमा खदीका २३ बर्षिय कर्णबहादुर बोहरा रहेका छन । बोहरा स्थानीय युवाहरुको खुकुरी प्रहारबाट गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरिक्षक कपिलजङ शाहीले जानकारी दिए ।

उनका अनुसार घाईते बोहराको मुख, चिडडो, टाउकोमा गम्भिर चोट लागेको छ । घाइते बोहराको खदी स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न हुनेहरुमा स्थानीय १८ बर्षका महेन्द बिक, २४ बर्षका गोपाल बिक, २१ बर्षका विष्णु कामी, २२ बर्षका कृष्ण बिक रहेको प्रहरीले जनाएको छ । उनीहरु फरार रहेको र खोजी तिब्र पारिएको प्रहरीले जनाएको छ ।
पुरानो राजनैतिक रिसिईबी, खानेपानी मुहानको पुरानो विवादको कारण घटना भएको प्रहरीले जनाएको छ । घाइते बोहरा नेपाली काँग्रेसका कार्यकर्ता हुन् भने आक्रमणकारीहरु नेकपा माओवादीका कार्यकर्ता रहेको जनाईएको छ । घटनाले ठुलो रुप लिने देखिएपछि जिल्लाबाट घटना स्थल तर्फ प्रहरी गइरहेको प्रहरी निरिक्षक शाहीले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया