सर्वदलीय बैठक बालुवाटारमा जारी , को–को भए सहभागी

 असोज १४, २०७८

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक अहिले बालुवाटारमा जारी छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० बाहेक बोलाइएका दलको उपस्थिति रहेको छ । एमालेले भने आजको बैठकमा भाग नलिने भन्दै बैठक बहिस्कारको निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल तथा नेमकिपाबाट प्रेम सुवाल लगायतको उपस्थिति रहेको छ ।

बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल भईरहेको स्रोतले जनाएको छ। प्रमुख प्रतिपक्षी दल एमालेले सभामुखको केही कार्यप्रति असन्तुष्ट जनाउँदै चालु अधिवेशनको सुरुदेखि नै संसद् बैठक अवरुद्ध गर्दै आएको छ।

तपाईंको प्रतिक्रिया