हङकङ पठाउन लागिएको तीन किलो चरेससहित एक जना पक्राउ

 असोज १४, २०७८

काठमाडौं । हङकङ पठाउन लागिएको तीन किलो चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।


लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर र ललितपुर प्रहरी परिसर, जावलाखेलको संयुक्त टोलीले मानभवनबाट मोरङका एक युवकलाई पक्राउ गरेको हो । ब्यूरोले प्रकरणको अनुसन्धान जारी रहेको भन्दै थप विवरण सार्वजनिक गरेको छैन । अनुसन्धान अधिकृतहरुका अनुसार चरेस कार्गोमार्फत विदेश पठाउन लागिएको थियो ।

तपाईंको प्रतिक्रिया