शुक्रबार १ हजार कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा १,०६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ११३ (पीसीआर १०११३ र एन्टीजेन ३२५५) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
यस्तै सोही अवधिमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ९३८ जना निको भएका छन् ।
नेपालमा कुल संख्या ७ लाख ९५ हजार ९५९ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार १ सय ४८ पुगेको छ भने ७ लाख ६६ हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।
तपाईंको प्रतिक्रिया