एउटा लाेभलाग्दाे अावाज अस्तायाे

तुलसीपुर ।
दाङका पत्रकार हेमप्रकाश ओलीको निधन भएको छ ।
लामो समय मिडिया क्षेत्रमा काम गरेका ओलीको शुक्रबार साँझ ५ बजेतिर निधन भएको हो । उनको बाकेमा उपचारको क्रममा मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० निवासी ओलीले विहान विषादी सेवन गरेको प्रहरीले बताएको छ ।
विषादी सेवनपछि उनलाई उपचारकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बाके लगिएको प्रहरीले बताएको छ । श्रीमतिसंग विवाद भएपछि केही समय अघि प्रहरी हिरासतमा राखिएको थियो ।
तुलसीपुर स्थित रेडियो तुलसीपुरमा काम गरेका वलि पछिल्लो समय एसटीएन च्यानलमा काम गर्थे । उनले बहस मुलक कार्यक्रम तथा समाचार कक्षमा रहेर काम गरेका थिए । विभिन्न् कार्यक्रम तथा समाचारमा उनकाे दर्शक श्राेताले निकै रुचाउने गर्दथे ।
तपाईंको प्रतिक्रिया