प्रकाशमानकाे भनाइले देउवा समर्थक खिन्न

 असोज १६, २०७८

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनमा नेतृत्व परिवर्तन जरुरी रहेको बताएका छन् । काठमाडौं महानगर अधिवेशनको उद्घाटन गर्दै नेता सिंहले सभापति शेरबहादुर देउवाको कार्यकाल कांग्रेसका लागि निराशाजनक रहेको बताए । ‘उहाँको नेतृत्वमा पार्टीले चुनाव हार्यो, पार्टीभित्र आन्तरिक लोकतन्त्र भएन । अबपनि उहाँ नै दोहोरिने हो भने कांग्रेसले अझै दुःख पाउँछ’, सिंहले भने ।

आफू गिरिजाप्रसाद कोइराला सभापति रहेकै पार्टीको उपसभापति भइसकेको व्यक्ति रहेको भन्दै सिंहले अब नेतृत्वमा आफ्नो स्वभाविक दावी रहने बताए ।

तपाईंको प्रतिक्रिया