काट्न गएका युवकको बाघको आक्रमणबाट मृत्यु
तुलसीपुर । पूर्वी चितवनको खैरहनीमा घाँस काट्न गएका युवकको बाघको आक्रमणबाट मृत्यु भएको छ। मंगलबार बिहान स्थानीय कुमरोज सामुदायीक वनमा घास काट्न गएका खैरहनी नगरपालिका वडा नम्बर १३ सिम्रेनीका २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको हो।
खैरहनी १३ का वडा सदस्य चन्द्रलाल चौधरीका अनुसार निकुञ्जको हात्ती सहितको टोली अहिले घटना स्थलतर्फ गएको छ । बोटेलाई आक्रमण गरेपछि उनीसँगै घाँस काट्न गएका साथीहरु भने भाग्न सफल भएको वडा सदस्य चौधरीले बताए । करिब साढे दुई वर्ष अघि सोही स्थानमा उनकी बहिनीको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो ।
तपाईंको प्रतिक्रिया