यी हुन मन्त्रिपरिषद्का ६ निर्णय

तुलसीपुर । मन्त्रिपरिषद् बैठकले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका,२०७८ स्वीकृतसहित ६ निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न् ६ निर्णय गरेको सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मन्त्रिपरिषद्ले प्रशासन सेवातर्फको सहसचिव रविलाल पन्तलाई सचिवमा बढुवा गर्ने, वैदेशिक रोजगार न्यायाधीकरणको रिक्त सदस्यमा सह–न्यायधीवक्ता डा. गोपीचन्द्र भट्टराईलाई तोक्ने, ऋण असुली न्यायाधीकरणको रिक्त कानुन सदस्यको पदमा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आगामी २४ देखि २८ असोजसम्म परराष्ट्रमन्त्री डा. नारायण खड्काको नेतृत्वमा असंलग्न आन्दोलनको कमोरेटिभ हाई लेभल मिटिङमा सहभागी हुने प्रतिनिधिमण्डल गठन गर्ने र विद्युतीय राहदानी बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरू (सेक्युरिटी फिचर्स) स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।
तपाईंको प्रतिक्रिया