बाढी पहिरोमा परेर ४८ जनाले ज्यान गुमाए

काठमाडौँ । यसवर्षको मनसुन गत असोज २५ (अक्टोबर ११)देखि बाहिरियो । तर कार्तिक महिना लागिसक्दा पनि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । तीन दिनदेखि परेको वर्षाले गएको बाढी पहिरोले धेरैको ज्यान गएको छ । धेरै बेपत्ता छन् ।
देश विभिन्न सडकहरु अवरुद्ध छन् । नदीमा पानीको बहाब बढेर तराइको विभिन्न स्थानमा डुबानमा छन् । वर्षाकै कारण किसानले लगाएको खेतीपाती नष्ट भएको छ । विशेषगरी यति बेला किसानको धानबारीमा क्षति पुगेको छ । कतै काटेको धानमा पानी जमेर भिजाएको छ भने कतै पाक्न ठिक्क परेको धान पानीसहितको हावाले ढालेको छ ।
यसवर्ष विगतका वर्षमाभन्दा लामो समयसम्म वर्षा कायमै रहेकाले जनजीवन प्रभावित भएको छ । भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर बुधबार मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना बेपत्ता छन् ।
यस वर्ष मात्र होइन । विगतका वर्षाहरुमा पनि मनसुन बाहिरिदा पनि वर्षा हुन्थ्यो । यद्यपी यस वर्ष अत्याधिक वर्षा भएको मौसमविद् बताउँछन् ।
अहिले दुईवटा मौसम प्रणाली नेपालमा सक्रिय भएको मौसमविद् राजु मानन्धर बताउँछन् । दुबै मौसम प्रणाली मर्ज भएको र त्यसकारण देशभरी मौसममा बदली भई वर्षा हुन गएको मानन्धरले जानकारी दिए । वर्षा बुधबारसम्म मात्र रहने उनको भनाइ छ ।
तपाईंको प्रतिक्रिया