बसुलो प्रहार गरेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

 कार्तिक ०३, २०७८

सल्यान । ४२ वर्षीया श्रीमतीको हत्या गरेको अभियोगमा सल्यान प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । श्रीमती कली खड्काको हत्या गरेको अभियोगमा कुमाख गाउँपालिका-५ तिमिले बस्ने ४७ वर्षीय कबिराम खड्कालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको कारण मादक पदार्थ सेवन गरी कबिरामले श्रीमतीलाई धारिलो हतियार (बसुलो) प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सल्यान र ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया