माओवादीले ३३ विभागलाई पूर्णता दिदा दलित अटाएनन्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीका ३३ वटा केन्द्रीय विभागलाई पूर्णता दिँदै विभागका प्रमुखहरू तोकेको छ विहीबार बसेको स्थायी समिति बैठकले बढीमा ३५ सदस्य रहने गरी विभागहरू गठन गरेको हो । पार्टीमा एउटै व्यक्तिलाई दोहोरो जिम्मेवारी नदिने निर्णय गरेको भए पनि माओवादीले त्यसलाई पूर्णरूपमा कार्यान्वयन गर्न सकेको छैन् ।
अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मालाई संगठन विभागको जिम्मेवारी दिइएको छ । त्यस्तै प्रवक्तासमेत रहेका कृष्णबहादुर महराले दुईवटा विभागको जिम्मेवारी पाएका छन् । उनले प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभागको जिम्मेवारी पाएका छन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री पठाउँदा समावेशी नाम पठाएको भनेर प्रशंसा पाएको माओवादीले विभाग गठनमा भने त्यो सन्तुलनमा ध्यान पुर्याउन सकेको देखिएन । सामान्यतया सबै अधिकांश समुदाय समेटिदा विभागको नेतृत्वमा दलित समुदायको भने प्रतिनिधित्वि छैन ।
तपाईंको प्रतिक्रिया