दलित मुक्ति संगठन दाङको अध्यक्षमा नेपाली

 कार्तिक १३, २०७८

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीको भातृ संगठन दलित मुक्ति संगठन दाङको अध्यक्षमा गणेश नेपाली चयन हुनु भएको छ । घोराहीमा शुक्रवार सम्पन्न भएको भेलाले नेपालीको अध्यक्षतामा ४८ सदस्यीय समिति चयन गरेको छ । जस्को उपाध्यक्षमा कमल नेपाली, देबा नेपाली , सुमित्रा बिक र सुभाष नेपाली , सचिबमा रमेश परियार , सहचचिबमा सन्दीप बिक र महेस नेपाली, कोषाध्यक्षमा तुलसिराम बिक चयन हुनु भएको छ ।

दलित मुक्ती संगठनका केन्द्रिय सचिब टन्क सुनारको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादीका केन्द्रीय सचिब एबम लुम्बिनी प्रदेश इन्चार्ज भागत बिश्वासिको प्रमुख आतिथ्यमा भेला भएको थियो ।

भेलालाई सम्बोधन गर्दै नेता विश्वासीले ब्यवहारमा अझै छुवाछुतको अन्त्य हुन नसकेको बताउनुभएको थियो ।

तपाईंको प्रतिक्रिया