साढे चार लाख सहित २० जना जुवाडे पक्राउ

 कार्तिक १५, २०७८

तुलसिपुर । दाङको रझेनाबाट साढे चार लाख बढी नगदसहित जुवा खालबाट पक्राउ जना जुवाडे पक्राउ परेका छ्न । घोराही उपमहानगरपालिका–१४ रझेनामा आइतबार राति एक घरमा छापा मारेर प्रहरीले २० जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपि सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।


प्रहरीले साढे चार लाख नगद र जुवाडेले प्रयोग गरेका चारवटा कारहरू समेत नियन्त्रणमा लिएको उनले जानकारी दिए। रझेनाका २५ वर्षीय यज्ञ खड्काको घरमा अबैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर २० जना जुवाडेसहित चार लाख ६४ हजार ८८१ रुपैयाँ नगद बरामद भएको एसपी काफ्लेले बताए ।


कौडा खेली रहेको अवस्थामा जुवाको खालबाट पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १८ बस्ने २४ वर्षीय यज्ञ बहादुर खड्का,सोहि ठाउँका १४ बस्ने २९ वर्षीय लाल बहादुर हमाल,१५ बस्ने ५१ वर्षीय रामप्रसाद गीरी, ५० वर्षीय रविन श्रेष्ठ, २८ वर्षीय मान बहादुर बुढा, १४ बस्ने ४२ वर्षीय प्रमोद गौतम,तुलसीपुर उपमहानगरपालिका १५ घर भई हाल घोराही उपमहानगरपालिका १५ बस्ने ४६ वर्षीय शुभाष धिताल, सोहि बस्ने ४२ वर्षीय यज्ञप्रताप बस्नेत,५२ वर्षीय कुलराज वली,१६ बस्ने २४ वर्षीय छवि गीरी,१५ बस्ने ५७ वर्षीय सरद लामिछाने,४२ वर्षीय गीरीराज खत्री भनिने धुव्र केसी,१९ बस्ने ५६ वर्षीय ईश्वर राइमाझी भनिने ईन्द्र बहादुर राइमाझी,१४ बस्ने ३६ वर्षीय कमल घर्ति मगर,४ बस्ने ६२ वर्षीय श्रीधर अधिकारी भनिने पुर्ण अधिकारी,५ बस्ने ५६ वर्षीय केशव पछाई रहेका छन ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका १५ बस्ने ५२ वर्षीय चेतनाथ धिताल ,रोल्पा रुन्टीगढी गाउँपालिका २ बस्ने २४ वर्षीय रुपलाल विक,सर्लाही लालबन्दी नगरपालिका १२ बस्ने ४८ वर्षीय समिर लामा र घोराही उपमहानगरपालिका १५ बस्ने ५७ वर्षीय महाविर वली रहेको जिल्ला प्रहरी कार्यालय घोराहीका प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिनुभएको छ । पक्राउ परेका विरुद्ध आवश्यक अनुसन्धान भैइरहेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया