कर्णालीका मुख्यमन्त्रीको पनि राजीनामा

 कार्तिक १५, २०७८

काठमाडौं । देशका सात प्रदेशमध्ये दुई प्रदेशका मुख्यमन्त्रीले आज एकै दिन राजीनामा दिएका छन् । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीको पनि राजीनामा आएको हो ।

कर्णालीले सत्तारुढ माओवादी र कांग्रेसबीच सात्ता साझेदारीको सहमति भएको थियो उक्त सहमति बमोजिम ६ महिनामा माओवादीले कांग्रेसलाई मुख्यमन्त्री पद हस्तान्तरण गर्नुपर्ने भनिएको छ । मुख्यमन्त्री शाहीले राजीनामा नदिने अडान लिए पनि कांगे्रेसको निरन्तर दवावपछि उनी वाध्य भएका छन् ।

आजै प्रदेश १ मा भीम आचार्यले राजीनामा दिएका थिए । त्यहाँ नेकपा एसको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको छ ।

तपाईंको प्रतिक्रिया