तुलसीपुर खानेपानी निर्वाचन : उच्च अदालतले दियाे यस्तो आदेश
तुलसीपुर । उच्च अदालत तुलसीपुरले एक महिना भित्र निर्वाचन गराउन तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाकाे नाममा आदेश गरेको छ । अदालतका न्यायाधीश नस्रुल्लाह अन्सारी र रमेश पोखरेलको इजलासले खानेपानीले अदालतको पत्र प्राप्त गरेको मितिले एक महिना भित्र आर्थिक प्रतिवेदन पारीत गरि निर्वाचन गराउन आदेश दिएको हो ।
संस्थाका पूर्व कर्मचारी यमुना कडेँल शाहले दायर गरेको रिटमा सोमबार सुनुवाई गर्दै यस्तो आदेश दिएको हो । शाहले गएको फागुनमा बन्दसत्र नगरेर निर्वाचन गराउन लागेको भन्दै रिट दायर गर्नुभएको थियो । त्यसपछि संस्थाका निर्वाचन प्रभाबित भएको थियो ।
रिट निवेदकका तर्फबाट बरिष्ठ अधिबक्ता डिल्लीराज धिताल र मधु गौतमले बहस गर्नुभएको थियो, भने खानेपानी संस्थाको तर्फबाट मोहनप्रसाद धिताल, रामशरण चौधरी, पुस्करबहादुर भण्डारी र सुनिल धितालले बहस गर्नुभएको थियो । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको तर्फबाट विनु श्रेष्ठ र प्रकाश रेग्मीले बहस गर्नुभएको थियो ।ृ
तपाईंको प्रतिक्रिया