काठमाण्डौबाट बाहिरिने यात्रुलाई कोरोना विरुद्धको खोप दिन सुरु गरिएको

 कार्तिक १६, २०७८

काठमाण्डौ । काठमाण्डौबाट बाहिरिने यात्रुलाई कोरोना विरुद्धको खोप दिन सुरु गरिएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार बिहानदेखि नै काठमाण्डौ उपत्यकाबाट बाहिरिनेका लागि खोपको व्यवस्था गरिएको छ । त्यसका लागि काठमाण्डौबाट बस छुट्ने मुख्य पाँच ठाउँमा खोप केन्द्र राखिएका छन् ।

कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार पहिलो र दोस्रो दुवै मात्रा खोप दिइने छ । पहिलो मात्राको खोप लगाएकाले दोस्रो खोपका लागि खोप कार्ड अनिवार्य लैजानु पर्नेछ । यस्तै, अहिलेसम्म खोप नलगाएकाहरुलाई परिचय पत्रका आधारमा पहिलो डोज दिइने जनाइएको छ ।

तपाईंको प्रतिक्रिया