मानव सेवा आश्रममा आयुर्वेद चिकित्सालयको सहयोग
तुलसीपुर । प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीले मानव सेवा आश्रममा बस्दै आएकाहरुलाई न्यानो कपडा बितरण गरेको छ । धनवन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसका अवसरमा चिकित्सालयले आश्रममै पुगेर न्यानो कपडा र शक्तिवद्र्धक औंषधी हस्तान्तरण गरेको हो । आश्रममा महिला र पुरुष सहित ३५ जना बस्दै आएका छन् ।
अस्पताल विकास समितिका अध्यक्ष कृष्ण बहादुर बस्नेतको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया शर्माको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका निमित्त निर्देशक डा. महेश खनाल, राप्ती आयुर्वेद चिकित्सालय दोघरेका अस्पताल विकास समितिका अध्यक्ष नारायण आचार्य डा.मदन बुढाथोकी लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण लालकृष्ण डाँगीले गर्नुभएको थियो ।
तपाईंको प्रतिक्रिया