कांग्रेसका विरुद्ध भोट मागेर उसैलाई प्रधामन्त्री बनाउने दक्षिणपन्थी अवसरवादी हुन: पोखरेल
तुलसीपुर । नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोखरेलले कांग्रेसका विरुद्ध भोट मागेर कांग्रेसलाई नै प्रधामन्त्री बनाउन सहयोग गर्नेहरु दक्षिणपन्थी अवसरवादी भएको बताउनुभएको छ । पुष्प,नारायण,कृष्णको २७ औं स्मृती दिवशका अवसरमा तुलसीपुरको विजौरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो बताएका हुन ।
उहाले अवसरवादीलाई पराजित नगर्दा सम्म कम्युनिष्ट आन्दोलन बलियो र एकताबद्ध हुन नसक्ने समेत बताउनुभएको थियो । ‘प्रचण्ड-माधवले समाजवादको कुरा गर्दैछन, त्योपनि शेरवहादुर देउवाको नेतृत्वमा’ यो भन्दा मजाकको विषय के बन्न सक्छ नेता पोखरेलले भन्नुभयो ।
जनतालाई भ्रम दिने अर्को विषय पाउनुभएन भन्नै प्रश्न गर्नुभयो । एमाले जिल्ला कमिटिका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
तपाईंको प्रतिक्रिया