थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि, सातको मृत्यु
काठमाडौं । देशभर थप चार सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा तीन सय ९५ र एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण देखिएको हो ।
यो अवधिमा ६ हजार पाँच सय ७७ जनाको पिसिआर परीक्षण र तीन हजार तीन सय ३६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । हाल देशभर नौ हजार एक सय २३ जना सक्रिय संक्रमित रहेका छन्। बुधबार चार सय ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा सातजना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार चार सय ३४ पुगेको छ ।
तपाईंको प्रतिक्रिया