लुम्विनी प्रदेशमा स्वास्थ्य र शिक्षा प्राथमिक्तामा: मन्त्री चौधरी
लमही । लम्विनी प्रदेशका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री इन्द्रजीत चौधरीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमीक्तामा राखेर काम गर्ने बताएका छन् । नेपाल नेत्रज्योति संघ, लमही आँखा अस्पतालले लमहीमा बुधवार आयोजना गरेको बधाई ज्ञापन तथा शुभकामना कार्यक्रममा बोल्दै चौधरीले स्थायी राजधानी दाङमा रहेको लमही आँखा अस्पतालको विकासका लागि प्रदेश सरकारले सवै किसीमको सहयोग मिल्ने बताए ।
उनले सरकारले आँखा स्वास्थ्य सेवा सरकारी स्तरबाट दिन नसकेको अवस्थामा पनि नेपाल नेत्रज्योति संघले सामुदायिक स्तरवाट आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको भन्दै संघले सञ्चालन गरेका अस्पतालहरुको विकासमा प्रदेश सरकारले सहयोग गर्ने बताए । ‘ उनले लमही आँखा अस्पताल प्रदेश राजधानिमा रहेको भन्दै अस्पतालको विकासका लागि प्रदेश सरकरले भौतिक तथा उपकरणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने बताए ।
नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक सम्शेर थापाले विगत तिन दर्शक देखि जिल्लामा आँखा स्वास्थ्य सेवा आँखा अस्पतालहरुले प्रवाह गरि साविक राप्ती अञ्चलमा दृष्टिविहिनताको समस्या ०.८७ बाट ०.१३मा झार्न सफल भएको बताए ।
संघका उपसभापति रेशम बहादुर खड्काको अध्यक्षतामा भएको लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक घनश्याम सुवेदीले स्वागत मन्तव्य सहित अस्पतालको हाल सम्मको विकास र थप सहयोगको बारेमा जानकारी गराएका थिए ।
तपाईंको प्रतिक्रिया