रवीन्द्र मिश्र पक्षलाई निर्वाचन आयोगले दियो वैधता

 कार्तिक १८, २०७८

काठमाडौं । निर्वाचन आयोगले रवीन्द्र मिश्र पक्षलाई विवेकशील साझा पार्टीको वैधता दिएको छ । आयोगको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७८र७र१७ गतेको निर्णय बमोजिम त्यहाँ दलबाट पेश भए बमोजिम विवेकशील साझा पार्टीको विधान २०७८ र केन्द्रीय समितिमा हेरफेर भएको विवरण राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २५ बमोजिम अद्यावधिक गरी अभिलेखिकरण भएको व्यहोरा जानकारीको लागि अनुरोध छ।’ मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गरेको थियो । सो पार्टीले केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो ।

तपाईंको प्रतिक्रिया