छतबाट खसेर युवकको मृत्युु
दाङ । सल्यानमा बसको छतबाट खसेर घाइते भएका एक युवकको दाङको तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको छ । सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नं. ३ का ३४ बर्षीय रबिन्द्र बोहोराको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा बिहीबार राति ११:२० बजे मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोबिन्दबहादुर थापाका अनुसार बोहोरा बिहीबार बेलुका ६ बजेतिर समान झार्ने क्रममा बसको छतबाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई सल्यानको श्रीनगरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि राति नै तुलसीपुर ल्याइएको थियो ।
तपाईंको प्रतिक्रिया