ग्यास सिलिण्डर विष्फोट हुँदा चार जनाको मृत्यु

 कार्तिक १९, २०७८

काठमाडौ । ललितपुरको मंगलबजारमा ग्यास सिलिण्डर विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ । मंगलबजारमा रहेको लक्ष्मीकृष्ण ताम्राकारको घरमा शुक्रबार साँझ ग्यास सिलिण्डर विष्फोट हुँदा लक्ष्मीकृष्णको दम्पतिसहित चार जनाको मृत्यु भएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

शुक्रबार साँझ म्हः पूजाको तयारी भइरहेका बेला घरको तेस्रो तलामा ग्यास सिलिण्डर विस्फोट भइ आगलागी भएको उनले बताइन् । चार जनाको शव निकालिएको र घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि पाटन अस्पताल लगिएको उनले बताइन् । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिइन्

तपाईंको प्रतिक्रिया