दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाेेेस : पाण्डे

 कार्तिक २०, २०७८

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख (मेयर) घनश्याम पाण्डेले तिहारको पावनअवसरमा सम्पूर्ण नगरबासी सहित स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

तिहार पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै नगर प्रमुख पाण्डेले प्रत्येक नेपालीका घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेहलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको बताउनुभयो ।

त्यसैगरी तिहार पर्वको अभिन्न अङ्गको रुपमा रहेको देउसी–भैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र समाजमा शान्ति एवं स्थायित्वका लागि महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो ।

सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व भएको बताउँदै नगर प्रमुख पाण्डेले तिहार लगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको समेत बतानुभयो ।

तपाईंको प्रतिक्रिया