जीप दुर्घटनाकी घाइते महिलालाई हेलिकोप्टबाट काठमाडौं लगियो

 कार्तिक २२, २०७८

तुलसिपुर । दाङको बबई गाउँपालिका तर्फ आउँदै गरेको भे १ ज ५२२ नम्बरको जीप दुर्घटनाका घाइते मध्ये एक जना घाइते महिलालाई उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं छ लगिएको छ । दंगिशरण गाउँपालिका वडा नं।२ की ३१ बर्षीया पार्वती वली खत्रीलाई सिंम्रिक हेलिकोप्टर मार्फत काठमाडौं लगिएको हो ।


उनको टाउकोमा चोट लागेको हुँदा अवस्था गम्भीर छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार संभव नभएपछि घर परिवारले हेलिकोप्टर चार्टर गरि घाइते पार्वतीलाई काठमाडौ लगिएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार उक्त दुर्घटनाका १९ घाइते भएका थिए । अन्य १८ जना घाईतेहरुको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

हेलिकप्टर सल्यानरोड स्थित दुर संचार कार्यालय पछाडी रहेको खाली जमिनमा ल्याण्ड गरेको हो ।

तपाईंको प्रतिक्रिया