कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ
तुलसीपुर । कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १२ वर्ष पछि पक्राउ परेका छन । पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तापुरका ६४ वर्षीय जग्गु चौधरी रहेको दाङ प्रहरीले जनाएको छ । दाङ देउखुरी जिल्ला अदालतबाट २०६६ साल बैशाख २७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद सजाय तोकिए पछि फरार रहेका चौधरीलाई कविलबस्तुबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेका चौधरीलाई दाङ देउखुरी जिल्ला अदालत बुझाईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
तपाईंको प्रतिक्रिया